युनाइटेडको कमाण्ड नसम्हाल्दै दिक्क भए टेन ह्याग, यस्तो रहेछ कारण !

एजेन्सी – क्लबको प्रशिक्षकमा एरिक टेन ह्याग नियुक्त भएयता म्यानचेस्टर युनाइटेड एकै खेलाडीको पछि लागेको छ। युनाइटेड लगातार बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डि जोङको पछि लागेको हो।

युनाइटेडले डि जोङलाई भित्र्याउन प्रयास गरेको केहि महिना बितिरहेको छ। क्लबको प्रशिक्षकमा टेन ह्याग नियुक्त भएदेखि नै युनाइटेडको प्रयास जारी छ। यस बीचमा युनाइटेडले कयौं पटक बार्सिलोना र डि जोङलाई सम्पर्क गरिसकेको छ। तर युनाइटेडले न त बार्सिलोनालाई मनाउन सकेको छ, न त डि जोङलाई फकाउन नै।

डच क्लब आयक्समा सँगै काम गरिसकेका कारण टेन ह्याग डि जोङलाई युनाइटेडमा चाहन्छन्। एक हिसाबले भन्नुपर्दा उनलाई जसरी पनि डि जोङ चाहिएको छ। डि जोङ सन् २०१९ मा बार्सिलोना आइपुगेका थिए। डच क्लब आयक्समा तहल्का मच्चाएपछि उनलाई बार्सिलोनाले भित्र्याएको थियो। उनका लागि बार्सिलोनाले ७५ मिलियन युरो खर्च गरेको थियो।

बार्सिलोना आएपछि भने डि जोङ पहिला जस्तो रहेनन्। उनले आयक्समा जस्तो उच्च लयमा रहेर प्रदर्शन नै गर्न सकेनन्। उनी बार्सिलोनाको खेल शैलीमा घुलमिल हुन नसकेको हो कि भन्ने धेरैको बुझाई छ। त्यहि भए बार्सिलोना पनि उनलाई बिक्री गर्न चाहन्छ।

स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोना डि जोङका लागि ८५ मिलियन युरो चाहिरहेको छ। तर युनाइटेड भने बढीमा ७० मिलियन युरो मात्र तिर्न तयार छ। त्यसमा पनि १० मिलियन युरो प्रदर्शनमा आधारित बोनस रहेको बताइन्छ।

युनाइटेडले डि जोङलाई भित्र्याउन नसक्दा टेन ह्याग दिक्क हुने अवस्थामा पुगेको बेलायती मिडियाहरु बताउन थालेका छन्। ट्रान्सफर बजारमा युनाइटेडको कम्जोर प्रदर्शनलाई लिएर टेन ह्याग दिक्क मात्र नभई निराश समेत बनेको बताइन्छ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१९:३१

“रोनाल्डो नभएको भए युनाइटेडको यो हविगत हुँदैनथ्यो”