के रोनाल्डो बन्लान् पोर्चुगललाई पहिलो विश्वकप जिताउने कप्तान ? के छ सम्भावना !

पहिलो पटक जाडो महिनामा हुन लागेको विश्वकप आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुनेछ। कतार विश्वकप २०२२ को पूरा खेल तालिका पनि सार्वजनिक भइसकेको छ। छनोट हुन सफल ३२ टोलीलाई एक समूहमा ४ टोली गरेर ८ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको पहिलो खेलमा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्याण्ड बीच हुनेछ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको राष्ट्र पोर्चुगल पछिल्लो केही दशकदेखि निकै बलियो हुँदै आएको छ। विशेषगरी रोनाल्डोको डेब्युपछि पोर्चुगिज राष्ट्रिय टोलीले सफलता प्राप्त गर्दै आएको छ। सन् २००३ मा पोर्चुगल राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले आआफ्नो देशका लागि सबैभन्दा बढी १८९ खेल खेल्दै अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी ११७ गोल गरेका छन्।

रोनाल्डोको डेब्यु भन्दा पहिले मात्र ३ पटक विश्वकपमा छनोट भएको पोर्चुगल त्यसयता भने हरेक विश्वकपमा अ सहभागिता जनाउँदै आएका छन्। त्यस्तै, रोनाल्डो कै कप्तानीमा पोर्चुगलले इतिहास कै पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भयो जब २०१६ युरो कप पोर्चुगलले आफ्नो पोल्टामा पारेको थियो भने २०१८ मा नेसन्स लिगको उपाधि पनि जितेका थिए।

हाल विश्व कै सबैभन्दा उत्कृष्ट टोली मध्ये एक टोली रहेको पोर्चुगललाई २०२२ कतार विश्वकपका लागि प्रमुख दाबेदार मध्ये एक रहेको छ। पोर्चुगलसँग स्वयम् रोनाल्डोका साथै रुबेन डियास, ब्रुनो फर्नान्डेज, बर्नाडो सिल्भा, पेपे, जोआओ क्यान्सेलो जस्ता विश्वस्तरीय खेलाडीको बाहुल्यता रहेको छ। के इतिहासमा पहिलो पटक पोर्चुगलले विश्वकप जित्न सफल होला त ? रोनाल्डो बन्लान् पोर्चुगललाई पहिलो विश्वकप जिताउने कप्तान ?

विश्वकप २०२२ मा पोर्चुगलको समूह:

समूह ‘एच’ : पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

यस्तो रहेको छ विश्वकप २०२२ मा पोर्चुगलको समूह चरणको खेल तालिका (नेपाली समय अनुसार)

पोर्चुगल भर्सेस घाना : २४ नोभेम्बर, राति ९ः४५ बजे
पोर्चुगल भर्सेस उरुग्वे : २९ नोभेम्बर, राति १२ः४५ बजे
दक्षिण कोरिया भर्सेस पोर्चुगल : २ डिसेम्बर, राति ८ः४५ बजे

प्रकाशित : आइतबार, असार ०५, २०७९११:४८

मालामाल हुने भए माने, बायर्नमा पाउने भए लिभरपुलको भन्दा दोब्बर पारिश्रमिक ! कति ?