मालामाल हुने भए माने, बायर्नमा पाउने भए लिभरपुलको भन्दा दोब्बर पारिश्रमिक ! कति ?

एजेन्सी – इंग्लिस क्लब लिभरपुल स्टार फरवार्ड साडियो मानेलाई बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखलाई बेच्न सहमत भइसकेको छ। आउने केहि दिन भित्रै मानेको ट्रान्सफर प्रक्रिया पूरा हुनेछ।

मानेलाई ४२ मिलियन युरो मा बेच्न लिभरपुल सहमत भएको बताइन्छ। दुई क्लब बीच भएको सहमति अनुसार लिभरपुलले ४२ मिलियन युरोका अलावा एडअनबाट ६ मिलियन युरो तथा व्यक्तिगत र टोलीको उपलब्धिको आधारमा ३ मिलियन युरो समेत पाउनेछ। लिभरपुलले यस अगाडी बायर्नको तर्फबाट भएका दुई प्रस्तावलाई अस्विकार गरेको थियो।

विभिन्न बेलायती मिडियाहरुका अनुसार मानेले बायर्नमा लिभरपुलमा पाउँदै आएको भन्दा दोब्बर पारिश्रमिक पाउनेछन्। मानेले लिभरपुलमा प्रत्येक साता १ लाख मिलियन पाउण्ड मात्रै पारिश्रमिक पाउँदै आएका थिए।

तर अब बायर्नमा भने उनको पारिश्रमिक दोब्बर भन्दा बढी हुनेछ। बायर्नमा उनको पारिश्रमिक साप्ताहिक २ लाख ५० हजार पाउण्ड हुने जर्मन तथा बेलायती मिडियाहरुले बताएका छन्। ट्रान्सफर सफल भएपछि माने बुन्डेसलिगामा सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडीहरुको सूचीमा हुनेछन्।

माने सन् २०१६ मा साउथह्याम्प्टनबाट ३१ मिलियन पाउण्ड र २.५ मिलियन पाउण्डमा लिभरपुल आइपुगेका थिए। लिभरपुल आएयता उनले निरन्तर उच्च प्रदर्शन गरेका छन्। गत सिजन पनि उनले आफ्नो उच्च प्रदर्शनलाई जारी राखे। सन् २०२१-२२ को सिजनमा मानेले २३ गोल गरेका गरेका थिए। लिभरपुलमा ६ सिजन बिताउँदा मानेले २६९ खेलमा १२० गोल गरेका छन्।

प्रकाशित : आइतबार, असार ०५, २०७९१२:०९

अन्तिम विश्वकपमा मेस्सीले जिताउलान् त अर्जेन्टिनालाई तेस्रो उपाधि, कति छ सम्भावना ?