प्रचण्ड र बाबुराम बीच गोप्य छलफलमा के भयो ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई बीच भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका दुई बीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शनिबार भेटवार्ता भएको हो।

प्रचण्ड र भट्टराई बीच देशको विभिन्न राजनीतिक विषयमा कुराकानी भएको बताइन्छ। दुई बीच समाजवादी केन्द्र निर्माणको विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ।

भेटघाटका क्रममा प्रचण्डले भट्टराई समक्ष जसपा पार्टीमा देखिएको फुटको सम्बन्धमा पनि चासो राखेका थिए। प्रचण्डले भट्टराईलाई एमालेसँग मिल्न आँटेको विषयमा पनि भट्टराईलाई प्रश्न गरेका थिए।

जवाफमा भट्टराईले प्रचण्डलाई कांग्रेससहितको गठबन्धनमा नछाड्ने बताएका थिए। प्रचण्ड र भट्टराई बीच यसरी लामो समय पछि भेटघाट भएको हो।

यसै बीच आइतबार मात्रै प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण मिल्दै आएको बताएका छन्। आइतबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले पूर्व माओवादीहरू पुनः एक हुने अवस्था शिर्जना भएको बताएका हुन्।

माओवादीबाट छुट्टिएर गएकाहरु बीच विभाजनलाई निषेध गरेर एकता गर्ने प्रयास भइरहेको प्रचण्डको भनाई छ। उनले भने,”सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ। अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ।

प्रकाशित : आइतबार, असार ०५, २०७९१५:२५

जब जापानमा रहेकी शान्तिदेवीको नेपालमा मृत्युदर्ता बनाइयो …