जब जापानमा रहेकी शान्तिदेवीको नेपालमा मृत्युदर्ता बनाइयो …

काठमाडौँ – नक्कली कागजपत्र बनाएर जग्गा बिक्री गरेको आरोपमा केहि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ५६ वर्षीय महावीर चन्द, ४१ वर्षीय गणेश बहादुर खनाल, ४० वर्षीय बाबुराम कर्की, ४६ वर्षीय प्रेम प्रसाद खनाल र ५८ वर्षीय डासी माया श्रेष्ठ रहेका छन्। उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुले २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेका थिए। शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएका उनीहरुले नक्कली श्रीमान समेत खडा गरेको पाइएको सीआईबीले जनाएको छ।

कसरी खुल्यो घटना ?

सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल लामो समय पछि नेपाल आएकी थिइन्। जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा उनले जग्गा बिक्री भइसकेको थाहा पाइन्। तत्कालै उनले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान शुरु भयो।

अनुसन्धानका क्रममा गणेश बहादुर खनाल गिरोहको मुख्य योजनाकार रहेको थाहा हुन आयो। उनले उनले जग्गा खरिद गर्ने व्यक्ति खोज्ने र आर्थिक कारोवारको व्यवस्थानपन गर्ने गरेका थिए।

त्यस्तै बाबुराम कार्की पनि समूहको मुख्य योजनाकार रहेको प्रहरीको भनाई छ। उनले भने नक्कली कागजपत्र बनाउने देखि मालपोत कार्यालयमा समन्वय गर्ने सम्मका काम हेर्ने गरेका थिए।

प्रकाशित : आइतबार, असार ०५, २०७९१७:०९

अब काठमाडौंमा घरजग्गा भाडामा लगाउने काम कम्पनीमार्फत मात्रै हुने !