मुलरले भने – ‘कम बालोन डी’ओर भएर के भयो त, हाम्रो जर्सीमा चार तारा त छन् नि’

एजेन्सी – बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले जर्मन खेलाडीहरु ‘सुपरस्टार’मा विश्वास नगर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मुलरले जर्मन खेलाडीहरु स्टार खेलाडी भन्दा पनि सामूहिक शक्तिमा विश्वास गर्ने बताएका हुन्।

एक अन्तर्वार्ताका क्रममा मुलरलाई किन कम जर्मन खेलाडीहरुले मात्रै बालोन डी’ओर जित्छन् भनेर प्रश्न गरियो। सो प्रश्नको जवाफ दिनेक्रममा मुलरले जर्मन खेलाडीहरु एक्लै चम्किने भन्दा पनि सामूहिक रुपमा चम्किने कुरामा विश्वास गर्ने बताए।

मुलरका अनुसार जर्मनीमा सानै देखि एक्लै चम्किने भन्दा पनि टोलीको रूपमा खेल्न सिकाइने गरिन्छ। त्यहि कारणले गर्दा जर्मनीमा स्टार फुटबलर खासै नहुने मुलरको भनाई छ।

“जर्मनीमा हामी सुपरस्टारहरूमा धेरै विश्वास गर्दैनौं। हामी सामूहिक रुपमा खेल्ने कुरालाई बढी प्राथमिकता दिन्छौं। हामीलाई सानैदेखि एक्लै चम्किने भन्दा पनि टोलीको रूपमा खेल्न सिकाइएको हुन्छ।”,मुलरले भने।

जर्मनीका धेरै खेलाडीले बालोन डी’ओर जित्न नसकेपनि अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीले राम्रो गर्ने गरेको मुलरले बताए। त्यसक्रममा मुलरले जर्मनीले चार पटक विश्वकप जितेको बताउन पनि छुटाएनन्।

उनले भने,”सामूहिक रुपमा खेल्ने भएका कारणले गर्दा नै जर्मन खेलाडीहरुले खासै बालोन डी’ओर जित्छन्। तर हाम्रो जर्सीमा चार स्टार भन्ने पक्कै देख्नुहुन्छ।”

प्रकाशित : आइतबार, असार ०५, २०७९१६:२१

यी दुई खेलाडी टेन ह्यागलाई नचाहिने भयो, युनाइटेडबाट लखेट्ने तयारी ! को-को ?