एजेन्सी : चलचित्रको सुटिङका क्रममा अभिनेत्री र निर्देशक प्रायः एकअर्काको नजिक आउँछन्। कहिलेकाहीँ कुनै अभिनेत्री र विवाहित निर्देशकबीच धेरै निकटता बढ्दा बदनामी पनि हुन् पुग्छन्। आज हामी ती निर्देशकहरुका बारेमा चर्चा गर्छौँ, जो बलिउड अभिनेत्रीसँग प्रेममा परी ‘बदनाम’ भए।
राज कपूर-नरगिस (Raj kapoor and Nargis) :
बलिउड इन्डस्ट्रीमा अहिलेसम्म कैयौं प्रेमकथा सुरु भए, कतिपय प्रेम कथाले गन्तव्य भेट्टाए भए भने कतिपय प्रेमकथा बीच बाटैमा अलप भए। तिनै अधुरा प्रेम कथाहरुमध्ये एक हो अभिनेता राज कपूर र अभिनेत्री नरगिसको प्रेम-कथा। लामो समयसम्म सम्बन्धमा रहेर पनि यी दुईको विवाह हुन् सकेन्। यी दुई सम्बन्धमा हुँदा राज कपूर विवाहित थिए।
गुरु दत्त-वहीदा रहमान (Guru Dutt and Waheeda Rehman) :
बलिउडका चर्चित निर्देशक गुरु दत्तले गीता दत्तसँग विवाह गरेपछि अभिनेत्री वहिदा रहमानलाई मन पराएका थिए। विवाहित भएर पनि अभिनेत्री वहिदालाई देखेर उनको मन लोभिएको थियो। तर वहीदा र गुरु दत्तको प्रेमले विवाह रुप लिन सकेन्।
विक्रम भट्ट-सुष्मिता सेन (Vikram Bhatt and Sushmita Sen) :
बलिउडमा कुनै-कुनै प्रेमका किस्साहरु त सजिलै पत्याउन नसकिने खालका पनि छन्। त्यस्तै एउटा प्रेम-कथा हो विक्रम भट्ट र सुष्मिता सेनको। यो विवाहेत्तर सम्बन्धको मामिला हो। यो मामिलाले त्यतिबेला सञ्चारमाध्यमहरुमा राम्रै चर्चा पाएको थियो। यो अफेयर सुरु भएको बेला विक्रम भट्ट एक छोरीका पिता थिए ।
माही गिल-तिग्मांशु धूलिया (Mahi Gill and Tigmanshu Dhulia) :
हिन्दी सिनेमा जगतमा फिल्म निर्देशक र अभिनेत्रीबीच अफेयरको चर्चा चलिरहन्छ। तिग्मांशु धूलिया र अभिनेत्री माही गिलको सम्बन्धको खबरले कुनैबेला बलिउडनगरीलाई बेस्सरी तताएको थियो।
परिणीति चोपडा-मनीष शर्मा(Parineeti Chopra and Maneesh Sharma) :
बलिउड अभिनेत्री परिणीति चोपडा र फिल्म निर्देशक मनीश शर्माको अफेयर लामो समयसम्म चलेको थियो। कैयन् पटक यी दुई अलग भएका र फेरि मिलन भएका समाचारहरु सार्वजनिक भईरहन्थे।
ज्याक्लिन फर्नान्डेज-साजिद खान (Jacqueline Fernandez and Sajid Khan) :
ज्याक्लिन फर्नान्डेज र साजिद खानको प्रेम कहानी लामो समय चलेको थियो। तर जब ब्रेकअप भयो, यसले राम्रै चर्चा पायो। यी दुईको ब्रेकअप सन् २०१३ मा भएको थियो ।
लव रञ्जन-नुसरत (luv Ranjan and Nushrat Bharucha) :
बलिउड नगरीमा निर्देशक लव रञ्जनको अफेयरको पनि निकै चर्चा हुन् गर्छ। तर लव रञ्जन र नुसरत भरुचाले दुवैले कहिल्यै आफ्नो सम्बन्धबारे मुख खोलेनन्।