एम्बाप्पे फ्रान्सको राष्ट्रिय टिम छोड्ने निर्णयमा पुगेपछि …

एजेन्सी – फ्रान्सेली फुटबल महासंघका अध्यक्ष निएल ले ग्रेइटले किलियन एमबाप्पे र फ्रान्सको राष्ट्रिय टोलीमा उनको संलग्नताबारे अचम्मको बयान दिएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा ग्रेइटले एम्बाप्पे र राष्ट्रिय टोलीमा उनको संलग्नताबारे विवादास्पद र अचम्म बयान दिएका हुन्।

ग्रेइटका अनुसार यूरो २०२० पछि एम्बाप्पे राष्ट्रिय टोली छाड्ने अवस्थामा पुगेका थिए। यूरो २०२० मा आफ्नो प्रदर्शनमाथि आलोचना भएपछि एम्बाप्पेले फ्रान्स राष्ट्रिय टिमबाट संन्यास लिने विचार गरेको ग्रेइटले बताए।

कोरोना भाइरस महामारीका कारण रोकिएर गत वर्ष भएको युरोमा एम्बाप्पेले निराशजनक प्रदर्शन गरेका थिए। एम्बाप्पेले प्रतियोगिता भर त्यति राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। प्रतियोगिताको अन्तिम १६ मा स्विजरल्याण्डसँग भेट हुँदा खेल एम्बाप्पे पेनाल्टी मार्फत गोल गर्न असफल भएका थिए। पेनाल्टी शुटआउटमा एम्बाप्पेले गोल गर्न नसकेपछि फ्रान्स प्रतियोगिताबाट बाहिरिएको थियो।

पेनाल्टी मिस गरेपछि एम्बाप्पेको चर्को आलोचना भएको थियो। ग्रेइटका अनुसार आलोचना देखि दिक्क भए एम्बाप्पे राष्ट्रिय टोलीबाट सन्यास लिने मनस्थितिमा समेत पुगेका थिए।

“मैले उनलाई यूरो पछि भेटेको थिएँ। पेनाल्टी मिस गरेपछि भइरहेको आलोचनाहरूमा महासंघले आफ्नो रक्षा नगरेको महसुर गरेको बताएका थिए। मेरो अफिसमा पाँच मिनेटका लागि भेट्दा उनी रिसाएका थिए, क्रोधित थिए। त्यससमय उनी फ्रान्सेली राष्ट्रिय टोलीको लागि खेल्न चाहँदैनथे।”,ग्रेइटले भने।

यूरोका लागि खासै राम्रो प्रदर्शन गर्न नसकेपनि एम्बाप्पेले त्यसयता राम्रो प्रदर्शन गरिरहेका छन्। यूरो पछि उनले फ्रान्सका लागि थप ९ खेल खेलेका छन्। एम्बाप्पेकै उत्कृष्ट प्रदर्शनमा फ्रान्स विश्वकपका लागि छनौट भएको छ। गत सिजन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि पनि उत्कृष्ट प्रदर्शन गरे।

प्रकाशित : सोमबार, असार ०६, २०७९०९:२८

बार्सिलोना र रियल म्याड्रिडका लेजेण्डलाई भित्र्याउने योजनामा रोनाल्डो ! को-को ?