बार्सिलोना र रियल म्याड्रिडका लेजेण्डलाई भित्र्याउने योजनामा रोनाल्डो ! को-को ?

एजेन्सी – लालिगा क्लब रियल भालाडोलिड अध्यक्ष रोनाल्डो नाजारियोले समर ट्रान्सफरमा ब्राजिलका दुई दिग्गज खेलाडीहरुलाई भित्र्याउने योजना बनाएका छन्। भर्खरै लालिगामा प्रमोट भएको भालाडोलिडमा दुई ब्राजिलियन खेलाडीहरुलाई भित्र्याउने योजना बनाएका हुन्।

रोनाल्डोले भालाडोलिडमा भित्र्याउन चाहेका खेलाडीहरुमा मार्सेलो र ड्यानी अल्भेस रहेका छन्। दुवै खेलाडीलाई यहि समर ट्रान्सफर विन्डोमा भित्र्याउने रोनाल्डोको योजना रहेको छ।

मार्सेलो र ड्यानी अल्भेस दुवै फ्री एजेन्ट भइसकेका छन्। यस अगाडी मार्सेलो रियल म्याड्रिडमा थिए भने अल्भेस बार्सिलोनामा थिए। दुवैले आफ्नो-आफ्नो क्लब छाड्ने स्पष्ट भइसकेको छ। दुवैले आफ्नो क्लबबाट बिदाई समेत मागिसकेका छन्।

दुवै खेलाडी भित्र्याउन कुनै रकम तिर्नु नपर्ने हुँदा रोनाल्डोले मार्सेलो र अल्भेसलाई भित्र्याउन चाहेको स्पेनिस मिडिया मार्काले जनाएको छ। तर अल्भेसलाई भालाडोलिडमा भित्र्याउन सहज भएपनि मार्सेलोलाई भित्र्याउन भने सहज छैन।

३४ वर्षीय मार्सेलो अझै पनि विश्वका उत्कृष्ट डिफेन्डरहरुमा पर्छन्। मार्सेलोलाई युरोपका धेरै क्लबहरुले पछ्याइरहेका छन्। मार्सेलो सबै भन्दा बढी इटालियन च्याम्पियन एसि मिलनको प्राथमिकतामा छन्।

भालाडोलिडम सन् २०२०-२१ को सिजनमा लालिगाबाट रेलिगेट भएको थियो। तर एक सिजनमै भालाडोलिड लालिगामा प्रमोट हुन सक्यो। लालिगाको नयाँ सिजन शुरु हुँदा रोनाल्डो भालाडोलिडको टीमलाई बलियो बनाउन चाहन्छन्।

प्रकाशित : सोमबार, असार ०६, २०७९०९:५७

पुनः प्रशिक्षकको रुपमा फर्किने जिदानको संकेत ! कहाँ जालान् ?