“पिएसजीमै रहने निर्णय गरेर एम्बाप्पेले गज्जब गरे, पिएसजी जस्तो क्लब उनले कतै भेट्दैनन्”

एजेन्सी – इटालियन लिजेन्ड फ्रान्सेस्को टोटीले पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको निर्णयको स्वागत गरेका छन्। एक अन्तर्वार्ताका क्रममा टोटीले पिएसजी रोजेर एम्बाप्पेले राम्रो गरेको बताएका हुन्।

विश्वकप विजेता समेत रहेका टोटीले स्काई स्पोर्ट इटालियासँग कुराकानी गर्नेक्रममा एम्बाप्पेको पिएसजीमै रहने निर्णय सहित भएको र उनको ठाउँमा भएको भए जसले पनि त्यहि निर्णय गर्ने टोटीले बताए।

पिएसजीले एम्बाप्पेलाई महान् च्याम्पियनलाई जस्तै व्यवस्थित र सुरक्षित राख्ने टोटीको भनाई छ। एम्बाप्पेले पिएसजी भन्दा राम्रो टीम अन्यत्र नभेट्ने टोटीको भनाई छ।

“एमबाप्पे? म भन्छु पिएसजीमै रहने निर्णय एम्बाप्पेको हृदयको निर्णय हो। उनको ठाउँमा अरु जो-कोहि भएपनि त्यहि निर्णय गर्थे। एम्बाप्पेलाई महान् च्याम्पियन जस्तै व्यवस्थित र सुरक्षित गरिनुपर्छ। उनले पेरिस सेन्ट जर्मेन भन्दा राम्रो टीम भेट्न गार्हो छ।”,टोटीले भने।

टोटी पनि रियल म्याड्रिडको प्रस्तावलाई अस्विकार गर्ने खेलाडीहरुको सूचीमा पर्छन्। केहि समय अगाडी “द गार्डियन” द्वारा सो सम्बन्धमा प्रश्न गरिएको थियो। त्यसको जवाफमा टोटीले रियल म्याड्रिडमा आफ्नो कथा नदेखेर रोम गएको बताएका थिए।

एम्बाप्पेलाई रियलले लामो समय देखि पछ्याइरहेको छ। पिएसजीमा सम्झौता सकिएपछि एम्बाप्पेले रियल आउने निर्णय गर्छन् भन्ने रियलका अधिकारीहरुले सोचेका थिए। तर सम्झौता सकिनु अगाडी नै एम्बाप्पेले पिएसजीमा सम्झौता थप गरे। त्यसयता रियल म्याड्रिड एम्बाप्पेसँग चिढिएको छ ।

प्रकाशित : सोमबार, असार ०६, २०७९१०:५०

रियल छाडेका मार्सेलोले भेट्टाए क्लब !