हिजो घटेको सुनको मूल्य आज बढ्यो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन घटेको सुनको मूल्य नेपाली बजारमा आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुनको मूल्य सामान्य रुपले बढेपनि नेपाली बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार २ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, असार ०६, २०७९११:०६

‘लिभरपुलका अगाडी युनाइटेड केहि होइन, सानो क्लब हो’