यी युवा मिडफिल्डरका लागि लिभरपुल र रियल बीच अहिले देखि नै ‘सिंगौरी ‘!

एजेन्सी – रियल म्याड्रिड अहिले देखि नै भविष्यका लागि टीम निर्माण गरिरहेको छ। क्लबका दिग्गज खेलाडीहरुको उमेर ढल्किँदै गएको अवस्थालाई मध्यनजर गर्दै रियलले विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट युवा खेलाडीहरु भित्र्याइरहेको छ।

क्लबको आक्रमण सम्हाल्न रियलले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई भित्रयाउन चाहेको थियो। तर रियलको एम्बाप्पे भित्र्याउने योजना सफल हुन सकेन। तर रियलले यसै ट्रान्सफर विन्डोमा फ्रान्सकै अर्का फुटबल प्रतिभालाई भने भित्र्याउन सफल रह्यो। पेरिस सेन्ट जर्मेन(पिएसजी) र लिभरपुलबाट कडा टक्कर मिलेपनि रियलले मिडफिल्डर ओरेलियन चुवामेनीलाई भित्र्याउन सफल भएको हो।

चुवामेनी भित्र्याएपछि रियलको ध्यान बोरुसिया डर्टमन्ड मिडफिल्डर तर्फ केन्द्रित भएको छ। रियलको ध्यान इंगलिस मिडफिल्डर जुडे बेलिङ्घम तर्फ केन्द्रित भएको स्पेनिस मिडियाहरु दावी गर्छन्। विभिन्न स्पेनिस मिडियाहरुले गरिरहेको दावी अनुसार रियल जुडे बेलिङ्घमलाई आउने सिजन क्लबमा भित्र्याउन चाहन्छ।

लिभरपुलसँग टक्कर

बेलिङ्घमलाई रियलले मात्र नभई प्रिमियर लिग क्लब लिभरपुलले पनि भित्र्याउन चाहेको छ। भन्नुपर्दा लिभरपुललाई अहिलेकै अवस्थामा राम्रो मिडफिल्डर चाहिएको छ। तर युवा स्ट्राइकर डार्विन नुनेजलाई राम्रो खर्च गरेका कारण लिभरपुल बेलिङ्घमलाई अहिले नै भित्र्याउन सक्ने अवस्थामा छैन।

बेलायती मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने बेलिङ्घमलाई आउने सिजन भित्र्याउने लिभरपुलको योजना रहेको छ। यस्तोमा लिभरपुलले रियलबाट कडा प्रतिष्पर्धा पाउनेछ।

प्रकाशित : सोमबार, असार ०६, २०७९११:२४

भिनिसियस उछिट्याउने दाउमा पिएसजी, अहिले भन्दा १२ गुणा बढी पारिश्रमिक दिने ! कति ?