भिनिसियस उछिट्याउने दाउमा पिएसजी, अहिले भन्दा १२ गुणा बढी पारिश्रमिक दिने ! कति ?

एजेन्सी – फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्राजिली युवा विंगर भिनिसियस जुनियरलाई आकर्षक प्रस्ताव राख्दै स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण नगर्न आग्रह गरेको छ ।

पिएसजीले हालको सम्झौता सकिएपछि उनलाई लिग वानमा सामेल हुन प्रति सिजन ४० मिलियन युरोको प्रस्ताव गरेको हो । यो उनको हालको पारिश्रमिकभन्दा १२ गुणा र रियलसँगको सम्झौता नविकरण गर्ने भन्दाको ४ गुणा बढी हो ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले स्पेनिस टिभी कार्यक्रम एल चिरिन्गुइटोमा यो कुराको खुलासा गरेका हुन् । २१ वर्षीय भिनिसियसलाई धेरै प्रस्ताव आएपनि उनले स्पेनिस महारथी रियलमै बस्ने योजना बनाएका छन् ।

पिएसजीको गत वर्षको नोभेम्वरदेखि भिनिसियसलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ । पिएसजीले आकर्षक तलवमा साइन अन बोनससँगै कतारमा धेरै अवसरहरु प्रस्ताव गरेको थियो ।

पेरेज र महानिर्देशक जोस एन्जल सान्चेजले पिएसजीको चालको बारेमा पाएको तथ्यको प्रशंसा गरे । भिनिसियस अनुबन्ध गर्न लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रयास गरेपनि भिनिले त्यसमा चासो देखाएको छैन ।

भिनिसियस र रियलबीच सम्झौता नविकरण हुने भनिएपनि हुन सकेको छैन । सम्भवत भिनिले रियलमा सम्झौता नविकरण गर्नेछ । दुवै पक्षबीच सन् २०२६ र त्यो भन्दा माथिसम्म सम्झौता नविकरण हुने अपेक्षा गरिएको छ । भिनिले रियलमा २०२६ सम्म सम्झौता गरे १० मिलियन युरो र २०२७ सम्म सम्झौता गरे १२ मिलियन युरो बोनस प्राप्त गर्नेछ । यो दुवै प्रस्तावलाई रियले स्कीकारी सकेको छ ।

भिनि २०१८ मा ब्राजिली क्लब फ्लामेंगोबाट रियलमा अनुबन्ध भएका थिए । उनले यो सिजनमा रियलमा आफ्नो करिअरकै उच्च प्रदर्शन गरेका छन् । उनले रियलबाट यो सिजन ५२ खेल खेल्दा २२ गोल गरेका छन् । ब्राजिलका लागि १४ क्याप जितेका भिनिले १ गोल गरेका छन् ।

प्रकाशित : सोमबार, असार ०६, २०७९१३:४३

अलमुताइरी नेपाल नफर्किने !