अलमुताइरी नेपाल नफर्किने !

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका कुेवती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्कने संकेत दिएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले केही समयअघि नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । यद्यपि, अलमुताइरीले त्यो स्टोरीबाट हटाइसकेका छन् । एन्फाको सोमबार भएको निर्वाचनबाट ४५ मतसहित अध्यक्ष पदमा नेम्वाङ निर्वाचित हुँदा ३९ मत पाएर शेर्पा पराजित भएका थिए ।

प्रशिक्षक अलमुताइरीको त्यतिबेलाका वरिष्ठ उपाध्यक्ष तथा अहिलेका निर्वाचित अध्यक्षसँग नै विवाद भएको थियो । तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले पदबाट राजीनामा दिन लागेको बताएपनि राजीनामा भने दिएनन् । त्यही समयमा उनले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाबाहेक अन्य अध्यक्षसँग काम गर्न नसक्ने बताएका थिए ।

त्यसपछि नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएपछि पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए । तर, उनले नेपाल फर्कदै सम्झौता नविकरण गर्दै टोलीको प्रशिक्षण सम्हालेका थिए ।

उनको प्रशिक्षणमा नेपालल कुवेतमा भएको एएफसी एसियन कप छनोट खेल्दा तीन खेलमै हार बेहोरेको थियो । टोली नेपाल फर्किएपनि उनी एन्फासँग छुट्टी माग्दै तीन महिना बिदामा बसेका छन् ।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९०८:४७

“डी मारिया युभेन्टस गए म्याराडोना जस्तै हुनेछन्”