“डी मारिया युभेन्टस गए म्याराडोना जस्तै हुनेछन्”

एजेन्सी – युभेन्टस र इटाली राष्ट्रिय टोलीका लेजेन्ड जियानलुइगी बुफोनले एन्जल डी मारियालाई युभेन्टसले अनुबन्ध गर्नु पर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बुफोनले डी मारियालाई युभेन्टसले बताएका हुन्।

डी मारियालाई युभेन्टसले भित्र्याओस् भन्ने बुफोनको चाहना छ। विङ्गर, आक्रमणकारी मिडफिल्डर वा प्लेमेकरको रूपमा खेल्न सक्ने डी मारियालाई भित्र्याउँ युभेन्टसलाई धेरै फाइदा हुने बुफोनले बताए।

“उनी विङ्गर, आक्रमणकारी मिडफिल्डर वा प्लेमेकरको रूपमा खेल्न सक्छन्। उनलाई यदि कसैले भित्र्याउँछ भने त्यो युभेन्टस होस्। डी मारियालाई भित्र्याउँदा जसलाई पनि फाइदा नै हुन्छ।”,बुफोनले भने।

अन्तर्वार्ताका क्रममा बुफोनले डी मारियाको खुलेर प्रशंसा गरे। उनी डी मारियालाई म्याराडोनासँग समेत तुलना गर्न समेत पछि परेनन्। डी मारिया इटालीमा म्याराडोना जस्तै हुने उनको भनाई छ।

उनले भने,”डि मारिया इटालीमा म्याराडोना जस्तै हुनेछन्। आजको सेरी ए प्राविधिक रूपमा कमजोर छ। यस्तोमा डी मारियाको आगमनले लिगलाई पनि फाइदा पुग्न सक्छ।”

बुफोनले उमेरले खासै फरक नपार्ने पनि बताए। ४४ वर्षको उमेरमा पनि फुटबल खेलिरहेका उनी प्रेरणा र जोश धेरै महत्त्वपूर्ण हुने मान्छन्। उमेरलाई दृढताको पछि पार्ने उनको भनाई छ।

“म ४४ वर्षको छु, तर म अझै खेलिरहेको छु। उमेरले खासै फरक पार्दैन। प्रेरणा र जोश धेरै महत्त्वपूर्ण हुन्छ र दृढताको पनि आवश्यकता हुन्छ। यदि डि मारिया युभेन्टसमा सामेल हुन्छन् भने यसको मतलब उनी त्यसो गर्न तयार छन्।”,उनले भने।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९१७:०१

बायर्नले बार्सिलोनालाई दिने भयो झड्का !