बायर्नले बार्सिलोनालाई दिने भयो झड्का !

एजेन्सी – पोलिस स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की नयाँ क्लबमा जानेमा स्पष्ट छन्। उनी कुनै पनि हालतमा बायर्न छाडेर अन्यत्र जाने पक्षमा छन्। लेवान्डोस्कीलाई अब नयाँ चुनौती चाहिएको छ र त्यसको लागि उनी पूर्ण रुपले तयार छन्।

लेवान्डोस्कीले पहिला बायर्नका अधिकारीहरुले क्लब छाड्न चाहेको बारे जानकारी गराएका थिए। बायर्नका अधिकारीहरुले बिक्री गर्नेमा खासै चासो नदेखाएपछि लेवान्डोस्कीले सार्वजनिक रुपमा पनि त्यस बारे बोलि सकेका छन्।

केहि समय अगाडी लेवान्डोस्कीले बायर्नमा आफ्नो कथा सकिसकेको बताएका थिए। त्यसबेला आफूलाई बिक्री गर्नु नै बायर्न र आफ्नो लागि राम्रो हुने उनको भनाई थियो। त्यसपछि पनि उनले विभिन्न अवसरहरुमा सम्बन्ध नबिगारी आफूलाई जान दिन आग्रह गरिसकेका छन्।

लेवान्डोस्कीले बायर्न छाड्ने निर्णय गरिसकेको भएपनि बायर्नले उनलाई यो सिजन क्लबमै अड्याउन थप प्रयास गर्ने भएको छ। विभिन्न जर्मन मिडियाहरुका अनुसार बायर्न लेवान्डोस्कीलाई जान दिने पक्षमा छैन।

बायर्नले दुई पक्ष बीच थप संवाद होस् भन्ने चाहेको छ। बायर्न लेवान्डोस्कीसँग एक पटक पुनः भेट गरेर छलफल गर्ने पक्षमा रहेको छ। बायर्नका पूर्व खेलाडी तथा पूर्व अध्यक्षको उली होइनेसको भनाईलाई मान्ने हो भने बायर्न लेवान्डोस्कीलाई आगामी सिजन क्लबमै रहुन् भन्ने पक्षमा छ।

एक अन्तर्वार्ताका क्रममा होइनेसले लेवान्डोस्की आउने सिजन बायर्नमै रहने र बायर्नले धेरै राम्रो फुटबल खेल्ने विश्वास व्यक्त गरे। बायर्नले लेवान्डोस्कीलाई एक सिजन जसरी पनि क्लबमा राख्नुपर्ने बताए।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९१७:१९

“सलाहले राष्ट्रिय टोलीका लागि सिन्को भाँच्न सकेका छैनन्”