ब्राजिली विंगरलाई पोर्चुगिज क्लबले भित्र्यायो !

एजेन्सी – ब्राजिली विंगर डाभिड नेरेस पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्धित भएको छ । बेन्फिकाले युक्रेनी क्लब शाख्तरबाट डाभिडलाई ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

२५ वर्षीय विंगर सन् २०२७ सम्म बेन्फिकामा रहनेछन् । गत सिजनको मध्यतिर उनी डच क्लब आयाक्सबाट युक्रेनी क्लब साख्तर डोनेस्कमा १५ मिलियन युरोमा पुगेपनि रसिया र युक्रेनको युद्धको कारण उनले साख्तरमा खेल्न पाएनन् ।

उनले साख्तरमा एक खेल पनि नखेली अर्काे क्लब रोजेका हुन् । उनले साख्तरमा झन्डै ६ सिजन बिताउँदा १८० खेलमा ४७ गोल गरेका छन् ।

ब्राजिली क्लब साओपाउलोमा हुर्किएका उनी त्यसपछि आयाक्सको एकेडेमीमा पुगेका थिए । आयाक्सको जुनियर टिममा दुई सिजनमा उनले ५ खेलमा ३ गोल गरेका थिए । ब्राजिलका लागि उनले ७ खेलमा १ गोल गरिसकेका छन् । २०१९ यता उनी ब्राजिलको टोलीमा पर्न सकेका छैनन् ।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९२०:३६

लेवान्डोस्कीलाई फकाउने बायर्नको प्रयास असफल, जुनै पनि हालतमा बार्सिलोना नै जाने !