अन्ततः इन्टर मिलान नै फर्किने भए लुकाकु !

एजेन्सी – इंग्लिस क्लब चेल्सीका बेल्जियन फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलान फर्कने भएका छन् । उनी चेल्सीमा अनुबन्ध भएको एक सिजनपछि नै लोनमा इन्टर फर्कने पक्का भएको हो ।

लुकाकु गत सिजन इन्टरबाटै कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा लन्डन क्लब चेल्सी आएका थिए । इन्टरले ८ मिलियन युरोमा २९ वर्षीय लुकाकुलाई १ वर्षको लागि लोनमा अनुबन्ध गर्ने पक्का भएको हो । लुकाकु अनुबन्धका लागि पछिल्लो समय सिरी ए क्लब इन्टरले निकै चाँसो देखाएको थियो । लुकाकु पनि इन्टर फर्कन चाहिरहेका थिए ।

७ वर्षपछि चेल्सी फर्किएका लुकाकुले क्लबसँग पाँच वर्षको सम्झौता गरेका थिए । २०१४ मा चेल्सी छाडेर लुकाकु एभर्टन पुगेका थिए । एभर्टनबाट २०१७ सम्ममा उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।

सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्ड ट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए । युनाईटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए ।

लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए । उनले चेल्सीमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।

प्रकाशित : बुधबार, असार ०८, २०७९०८:३७

“मेस्सी भित्र्याउँदा पनि डाहा गरे, एम्बाप्पेले सम्झौता थप गर्दा पनि डाहा गर्दैछन्’