“मेस्सी भित्र्याउँदा पनि डाहा गरे, एम्बाप्पेले सम्झौता थप गर्दा पनि डाहा गर्दैछन्’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का अध्यक्ष नासेर अल–खेलाइफीले आफूहरुको तर्फबाट फेयर प्लेको नियम मिच्ने काम नभएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा खेलाइफीले फेयर प्लेको नियम आफूहरुले नमिचिको बताएका हुन्।

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको नयाँ सम्झौताले फेयर प्लेको नियम तोड्छ भन्ने मार्काले प्रश्न गर्दा खेलाइफीले आफूहरुले त्यस्तो काम नगरेको बताए। आफूहरुलाई को खेलाडी भित्र्याउने र को खेलाडी बेच्ने भन्ने विषयमा राम्रो जानकारी रहेको खेलाइफीको भनाई छ।

हरेक वर्ष पिएसजी माथि प्रश्न उठाइने गरिएको प्रति उनले आपत्ति पनि जनाए। हरेक वर्ष पिएसजीले फेयर प्लेको नियम मिचेको आरोप लागेपनि त्यस्तो केहि नरहेको खेलाइफीले बताए। लालिगा अध्यक्ष जेभियर टेबासले पिएसजी विरुद्ध उजुरीलाई दिएका छन्। सो विषयमा बोल्दै उनले टेबासलाई आफ्नो लिगमा केन्द्रित हुन सुझाव दिए।

“हरेक वर्ष, हरेक समरमा यहि कुरा हुन्छ। टेबास भन्छन् हामीले फेयर प्लेको नियमलाई उलंघन गरिरहेका छौँ। तर त्यस्तो केहि छैन। हामी के गर्न सक्छौं, हामी कसलाई भित्र्याउन सक्छौं भन्ने हामीलाई थाहा छ। के गर्ने, के नगर्ने कुरा बाहिरका मानिसले सिकाउन नाखोजेकै राम्रो।”,खेलाइफीले भने।

त्यस्तै खेलाइफीले अन्तर्वार्ताका क्रममा सबैले मेस्सीलाई भित्र्याउन असम्भव बताएपनि भित्र्याउन सफल भएको बताए। मेस्सीका कारण आफूहरुलाई आर्थिक रुपले ठूलो लाभ भएको उनको भनाई छ।

उनले भने,”उदाहरणका लागि मेस्सीको अवस्था हेरौं न ? उनीहरु मेस्सी भित्र्याउन आर्थिक रूपमा असम्भव छ भन्थे। तर हामीले भित्र्याउन त भित्र्यायौं नि। र हामीले मेस्सीबाट पैसा पनि बनायौं। टेबासलाई म आफ्नो लिगमा केन्द्रित हुन आग्रह गर्छु किनभने लालिगा मृत अवस्थामा छ।”

प्रकाशित : बुधबार, असार ०८, २०७९०९:४०

पिएसजीको पैसामा लोभिएनन् भिनिसियस !