पिएसजीको पैसामा लोभिएनन् भिनिसियस !

एजेन्सी – युवा स्टार विंगर भिनिसियस जुनियर हाल ब्राजिलमा बिदा बिताइरहेका छन्, तर उनले आफ्नो भविष्यको बारेमा पनि सोचिरहेका छन् । उनले रियल म्याड्रिडमा किन प्रतिबद्ध भन्ने कारण खुलाएका छन् ।

रियल म्याड्रिडसँगको आफ्नो सम्झौता नवीकरणका लागि वार्ता गरिरहेका ब्राजिलियन फरवार्डलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अनुबन्ध गर्ने योजना बनाएपनि उनले त्यसलाई नकारिसकेका छन् ।‘म विश्वको उत्कृष्ट क्लबमा बस्न चाहन्छु ।’ भिनिसियसले स्पोर्ट टिभीलाई भने ।

रियल म्याड्रिडले भिनिसियसको सम्झौता नवीकरण गर्ने र १ अर्ब यूरो रिलिज क्लज राख्ने योजना राखेको छ । स्पेनिस पत्रिका मार्काका पत्रकार मारियो कोर्टेगानाले मे १३ मा गरेको रिपोर्ट अनुसार रियल म्याड्रिड भिनिसियसलाई २०२८ सम्म हस्ताक्षर गर्न चाहन्छ तर नवीकरण सम्झौता २०२६ वा २०२७ सम्म हुने सम्भावना छ ।

योसागै सैद्धान्तिक रूपमा उनको रिलिज क्लज ३५० मिलियन यूरोबाट १ विलियन युरो पुग्नेछ । यस हिसावमा २१ वर्षीय भिनिसियसको तलब दोब्बर भन्दा पनि बढ्नेछ भिनिसियसले जुनी कालाफट (रियल म्याड्रिडको अन्तर्राष्ट्रिय फुटबल निर्देशक) का कारण रियलमा आएको बताएका छन् ।

स्पोर्ट टिभीमा बोल्दै भिनिसियसले २०२२ को विश्वकपमा आफ्नो नजर रहेको बताएका छन् । ब्राजिलको राष्ट्रिय टोलीले आफूमाथि राखेका मागहरू रियल म्याड्रिडमा आफ्नो कर्तव्यहरू भन्दा फरक छन् भनेर पनि प्रकाश पारेका छन् ।

‘ब्राजिलको राष्ट्रिय टोलीमा हामीमाथि खेल्छौं र टिटेले हामीलाई धेरै आक्रमण गर्न आग्रह गर्छन्, जबकि रियल म्याड्रिडमा म अलि पछाडि खेल्छु । ‘भिनिसियसले भने, ‘रियल म्याड्रिडका कार्लो एन्सेलोटी र ब्राजिलका मुख्य प्रशिक्षक टिटेबीच समानता छ । ‘उनीहरू सीधा बोल्छन्, तिनीहरू दुवै एकअर्कालाई मन पराउँछन् र सीधा बोल्छन् ।’

भिनिसियस जुनियर २०१८–१९ को सिजनमा ब्राजिली क्लब फ्लामेंगोबाट रियलको रिजर्भ टोलीमा अनुबन्ध भएका थिए । तर, रिजर्भ टोलीमा उनको सानदार प्रदर्शनसँगै उनी सिनियर टोलीमा बोलाइएको थियो ।

सुरुवाती तीन सिजन औसतको प्रदर्शन गरेपनि भिनिसियसले गत सिजन रियलका लागि आफ्नो करिअरकै उच्च प्रदर्शन गरे । उनले गत सिजन रियलका लागि ५२ खेलमा २२ गोल गन सफल भए ।

प्रकाशित : बुधबार, असार ०८, २०७९१०:०८

रिचार्लिसन चेल्सी जाने संघारमा, यी तीन खेलाडी लखेटिने भए !