शंकर पोखरेलले रवि लामिछानेलाई अयोग्य भन्न खोजेपछि …

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेका महासचिव शंकर पोखरेलले चर्चित भएकै आधारमा कोहि पनि स्वतः योग्य नहुने बताएका छन्। पोखरेलले सामाजिक संजाल मार्फत कुनै पेसा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको बताएका हुन्।

मंगलबार मात्रै चर्चित टेलिभिजनकर्मी रवि लामिछानले नयाँ राजनीतिक दलको घोषणा गरेका थिए। लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेका हुन्। पोखरेलले लामिछाने प्रति लक्षित गर्दै कुनै पेसा वा व्यवसायमा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभए टिप्पणी गरेको अनुमान गर्न सकिन्छ।

“निश्चित पेसा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन। राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ।”,पोखरेलले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : बुधबार, असार ०८, २०७९१०:२०

“नागरिकता खुकुलो बनाएर देशलाई फिजी बनाउन खोजियो”