अटेरी गरे नेयमारलाई पिएसजीले घोक्रेठ्याक लगाउने, जसरी पनि लखेट्ने !

एजेन्सी – विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार पेरिस सेन्ट जर्मेन(पिएसजी)ले ब्राजिलियन स्टार नेयमारलाई बिक्री गर्ने योजना बनाएको छ। क्लबमा परिमार्जित परियोजनाको शुरुवात गर्न लागेको पिएसजीले नेयमारलाई यसै सिजन बिक्री गर्ने योजना बनाएको हो।

गत सिजन लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी हुँदा पनि पिएसजी च्याम्पियन्स लिग जित्नबाट चुकेको थियो। पिएसजी आउने सिजन क्लबमा विभिन्न परिवर्तन गरेर च्याम्पियन्स लिगका लागि बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ।

पिएसजीको ध्यान च्याम्पियन्स लिग जित्ने थप बलियो टोली निर्माणमा केन्द्रित छ। पिएसजीले क्लबमा विभिन्न परिवर्तन गर्ने तयारी गरिरहेको छ। पिएसजी सबै भन्दा पहिला नेयमार सहितका विभिन्न खेलाडीहरु बिक्री गर्न चाहन्छ।

तर नेयमार भने पिएसजी छाड्न तयार देखिएका छैनन्। नेयमारले सार्वजनिक रुपमै आफू पिएसजीमै रहने बताइसकेका छन्। यसै बीच पिएसजीको तर्फबाट उनलाई जसरी पनि बिक्री गरिने संकेत मिलेको छ।

क्लबका अध्यक्ष नासेर अल–खेलाइफीले एक अन्तर्वार्ताका क्रममा त्यस्तै संकेत गरेका हुन्। स्पेनिस पत्रिका मार्कासँग कुराकानी गर्नेक्रममा खेलाइफीले क्लबको योजना भन्दा बाहिर रहेका खेलाडीहरुलाई यहि समरमा बिक्री गरिने बताए।

“हाम्रो कुरा स्पष्ट छ। परियोजनाको हिस्सा नभएका खेलाडीहरूले यो समरमा क्लब छाड्नुपर्नेछ। अर्को कुनै उपाय छैन। केही खेलाडीहरूले स्थितिको फाइदा उठाए। तर अब यो यो समाप्त भयो।”,खेलाइफीले अन्तर्वार्ताका क्रममा भने।

प्रकाशित : बुधबार, असार ०८, २०७९११:३५

यी हुन् हालसम्म विश्वकप जित्ने मात्र ८ राष्ट्र, यो पटक निस्केला त नयाँ च्याम्पियन?