रोनाल्डिन्हो भन्छन्-“कतार विश्वकप मेस्सीको अर्जेन्टिनाले नजिते कसले जित्ने त ?”

आगामी नोभेम्बर २१ देखि कतारमा फिफा विश्वकप फुटबल–२०२२ सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउने सबै ३२ टोलीको टुंगो लागिसकेको छ भने विश्वकपको ड्र समेत सम्पन्न भइसकेको छ।

यस्तोमा, प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भइसकेपछि अहिले हरेक फुटबल समर्थकले आ–आफ्नो भविष्यवाणी गर्न सुरु गरेका छन्। फुटबल समर्थक मात्र नभएर फुटबल जगतका दिग्गज खेलाडीहरु पनि अहिले यसबारे चर्चा गर्नमा व्यस्त रहेका छन्। अहिले फुटबल जगत नै विश्वकपको विषय नै तातेको छ।

यस्तोमा, पूर्व बार्सिलोना तथा ब्राजिल दिग्गज खेलाडी रोनाल्डिन्होले २०२२ विश्वकप जित्न सक्ने राष्ट्रको बारेमा आफ्नो भविष्यवाणी दिएका छन्। स्काई स्पोर्ट्ससँगको केही समय मात्र अगाडीको एक अन्तर्वार्तामा रोनाल्डिन्होले कतार विश्वकप जित्नका लागि आफ्नै राष्ट्र ब्राजिललाई छाडेर आफ्ना पूर्व टिममेट लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई प्रमुख दाबेदार मानेका छन्। उनले लियोनल मेस्सी जस्तो विश्व कै सर्वश्रेष्ठ खेलाडीको उपस्थितिले अर्जेन्टिनालाई विश्वकपका लागि प्रमुख दाबेदार बनाउने बताए।

उनले भने, “कतारमा अर्जेन्टिनाले विश्वकप जित्न सक्ने एक प्रमुख कारण मेस्सी हुन्। उनको सपना र संकल्प अन्य टिमका लागि सबैभन्दा ठूलो खतरा हुने प्रष्ट देखिन्छ। अहिलेका मेस्सी निकै फरक छन्। उनमा रहेको विश्वकप जित्ने भोक अन्य सबैका लागि डरलाग्दो कुरा हो,” रोनाल्डिन्होले भने।

ब्राजिलियन दिग्गज यो कुरामा पनि विश्वस्त छन् कि हाल अर्जेन्टिनासँग रहेको टोली पहिलेको भन्दा निकै सुधारिएको टोली रहेको छ। गत वर्ष कोपा अमेरिका जितेको यो टोलीमा अब विश्वकप जित्ने भोक र दृढ विश्वास रहेको रोनाल्डिन्हो बताउँछन्।

प्रकाशित : बिहिबार, असार ०९, २०७९१३:३८

पीएसजी अध्यक्ष भन्छन्-“अर्को सिजन मेस्सीले विश्व हल्लाउँनेछन्, बाघे अवतारमा खेल्छन् अब”