बार्सिलोनाले घर-बाहार नै दिएपनि लेवान्डोस्की नबेच्ने भयो बार्यन म्युनिख !

स्पोर्टबिल्डसँगको एक अन्तर्वार्तामा बोल्दै, बायर्न म्युनिखका निर्देशक हसन सलिहामिडजिकले दाबी गरे कि उनी बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको लागि सुधारिएको प्रस्तावको साथ फर्किए पनि नफर्किए पनि आफूलाई त्यसबारे वास्ता छैन। उनले अर्को सिजन पोलिस स्ट्राइकर एलियान्ज एरिनामा नै रहने दाबी गरेका छन्।

रोबर्ट लेवान्डोस्की ट्रान्सफर सागा गत महिना वा सो भन्दा बढि हेडलाइनमा रहँदै आएको छ। ३३ वर्षीय स्टार जर्मन च्याम्पियनसँग आफ्नो सम्झौताको अन्तिम वर्षमा प्रवेश गर्दैछन् र आफ्नो करियरमा नयाँ चुनौती खोज्ने क्रममा नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेका छन्। लेवान्डोस्कीले आफ्ना इच्छाहरू सार्वजनिक रूपमा स्पष्ट पारेका छन्, साथै बार्सिलोनाबाट बाहेक अरू कुनै प्रस्तावहरू विचार नगर्ने कुरामा जोड दिएका छन्। वास्तवमा, उनले बार्सिलोनासँग तीन वर्षको सम्झौताका लागि मौखिक सहमति जनाइसकेको बुझिएको छ।

यद्यपि, बायर्न म्युनिख आफ्नो स्टार स्ट्राइकरलाई छोड्न चाहँदैन र लेवान्डोस्कीले क्लबसँग रहेको एक वर्ष पूरा गर्ने अपेक्षामा रहेको छ। बार्सिलोनाले पोल्यान्डका कप्तानका लागि ३२ मिलियन युरो प्लस एड-अनको बोली लगाएको थियो, तर बाभेरियनले यसबारे मतलब गरेनन्। जसपछि बार्सिलोना लेवान्डोस्कीका लागि ५० मिलियनको प्रस्ताव लिएर जान तयार रहेको छ।

तर, यसले सलिहामिडजिकलाई फरक पार्दैन, जसले आफ्ना स्ट्राइकर अर्को महिना क्लबमा प्रि-सिजन प्रशिक्षणमा फर्कने आशा राखेका छन्। बार्सिलोनाबाट सुधारिएको प्रस्तावको सम्भावनाको बारेमा स्पोर्टबिल्डसँग कुरा गर्दै, उनले भने: “मलाई यसको मतलब छैन। म जुलाई १२ मा साबेनर स्ट्रासमा प्रशिक्षणमा रोबर्टलाई देख्ने आशा गर्दैछु।”

प्रकाशित : बिहिबार, असार ०९, २०७९१७:०५

डेम्बेले बार्सिलोना मै रहनेमा जाभी आशावादी !