हरेक महिनामा दुई पटक एकादशी तिथि पर्ने गर्छ। यसरी वर्षमा आउने २४ वटा एकादशी मध्ये हरेक एकादशीको फरक-फरक महत्व हुने गर्छ। त्यस्तै, असार महिनाको एकादशीलाई योगिनी एकादशी पनि भनिन्छ। यस तिथिका दिन शुद्ध मनले व्रत बस्दा मनले चिताएका हरेक मनोकामना पूरा हुनुका साथै हरेक पापबाट पनि मुक्ति मिल्ने विश्वास रहेको छ। यस दिन राखेको व्रतले हजारौं ब्राम्हणलाई भोजन गरेको जस्तो फल प्राप्त हुन्छ।

ज्योतिषशास्त्रमा उल्लेख गरे अनुसार कुनै पनि व्रतको फल उचित नियमको पालना गरे मात्र प प्राप्त हुन्छ। एकादशी व्रत पूजा शुभ मूहुर्तमा मात्र गर्ने गरिन्छ। त्यसैले योगिनी एकादशीको दिन व्रतको पूर्ण फलको लागि आजको शुभ र अशुभ समय जान्नुहोस्। शुभ मुहूर्तमा गरिने पूजाले मानिसको सबै समस्या हट्छ।
आजै परेको एकादशीका दिन राहु अवधिका साथै अशुभ समयमा पूजाआजा गर्न नहुने विश्वास रहेको छ। यी अशुभ समयमा पूजा गर्दा पूर्ण फल प्राप्त हुँदैन भन्ने विश्वास छ। आजको शुभ र अशुभ समय बारे जान्नुहोस्।
योगिनी एकादशी २०२२ को शुभ मुहूर्त
असार महिनाको एकादशी ९ गते रात ९:५६ बजेबाट सुरु भई आज असार १० गते राति ११:२७ बजे समाप्त हुनेछ। यस दिन अभिजित मुहूर्त आज शुक्रबार बिहान ११:४८ देखि १२:४३ सम्म रहेको छ। यसैगरी योगिनी एकादशीको व्रत असार ११ गते शनिबार तोडिनेछ। यस दिन बिहान ६:०२ देखि ८:४३ बजेसम्म पराणा गर्न सकिन्छ।

ज्योतिष शास्त्रका अनुसार आजको दिन शुक्रबार बिहान ५:३९ बजेदेखि ८:१९ बजेसम्म सर्वार्थ सिद्धि योग रहेको थियो। अर्कोतर्फ, पूजाको शुभ समय बिहान १२:११ देखि १:०६ बजेसम्म रहनेछ।

