बुध-शुक्रको संयोगले चम्काउनेछ यी ३ राशिको भाग्य, हुनेछन् मालामाल !

ज्योतिष शास्त्रमा बुध र शुक्रको विशेष स्थान रहेको छ। यस समयमा बुध र शुक्रको संयोग बनिरहेको छ। बुध र शुक्र दुबै वृष राशिमा विराजमान रहेका छन्। बुध र शुक्र एउटै राशिमा रहँदा कतिपय राशिका लागि शुभ फल मिलिरहेको छ। ज्योतिषशास्त्रमा शुक्रलाई भौतिक सुख, वैवाहिक सुख, विलासिता, कीर्ति, कला, प्रतिभा, सौन्दर्य, रोमान्स, यौन लालसा र फेसन डिजाइनिङको कारक ग्रह भनिएको छ। ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धि, तर्क, संचार, गणित, चतुराई र मित्रको कारक ग्रह भनिन्छ। सूर्य र शुक्र बुधका मित्र हुन् भने चन्द्रमा र मंगल ग्रह यसका शत्रु ग्रह हुन्। जानौं बुध र शुक्रको संयोगले कुन-कुन राशिका मानिसलाई ठुलो लाभ मिलिरहेको छ-

वृष राशि 

आर्थिक पक्ष बलियो रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरूसँग समय बिताउने मौका मिल्नेछ। धार्मिक तथा अध्यात्मिक कार्यमा मन लाग्नेछ। हरेक काममा सफलता मिल्नेछ। काम र व्यवसायका लागि समय वरदानभन्दा कम भन्न मिल्दैन।

वृश्चिक राशि 

वृश्चिक राशिका लागि यो समय शुभ मान्न सकिन्छ। धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष बलियो हुनेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारजनको सहयोग मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ राशि 

कुम्भ राशिका लागि यो समय कुनै वरदान भन्दा कम हुनेवाला छैन। बुध र शुक्रको विशेष आशीर्वाद प्राप्त हुनेछ। धन सम्बन्धि समस्याबाट छुटकारा मिल्नेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय शुभ रहनेछ। काममा सफलता पाउन धेरै मेहनत गर्नु पर्दैन। दाम्पत्य जीवन सुखमय रहनेछ।

प्रकाशित : शुक्रबार, असार १०, २०७९१६:५५

भोलि साउन महिनाको तेस्रो शनिबार कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !