छिटो काम गराइदिने भन्दै सेवाग्राही तानातान गर्थे यी विचौलिया, सिधै पुगे जेल !

काठमाडौँ – यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई दुख दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा पुर्‍याइ लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खाजी छिटो काम गराइदिने भन्दै सेवाग्राही तानातान गरेर दु:ख दिएको आरोपमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरुलाई प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। सेवाग्राहीबाट बढी रकम असुल गरी दु:ख दिएको सूचना प्राप्त भएपछि सेवाग्राहीबाट बढी रकम असुल गरी दु:ख दिएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहटको चन्द्रपुर नगरपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–४ बाँफल बस्ने ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा रहेका छन्।

त्यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका–२ घर भइ हाल काठमाडौं–१५ स्वयम्भू बस्ने सुरज भन्ने वीरबहादुर मगर, झापा मेचीनगर नगरपालिका–३ घर भइ हाल काठमाडौं–३२ पेप्सीकोला बस्ने २४ वर्षीय विशाल उप्रेती र सर्लाही परवानीपुर नगरपालिका–१६ घर भइ हाल काठमाडौं– ४ सीतापाईला बस्ने २४ वर्षीय बिमल पुलामीलाई पनि नियन्त्रणमा लिइएको छ।

मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को “अभद्र व्यवहार गर्न नहुने” कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई पक्राउ परेका ६ जना माथि प्रहरीले अनुसन्धान शुरु गरेको छ।

प्रकाशित : बिहिबार, असार ३०, २०७९२०:२१

स्टेचरमै भयो नवजात शिशुको जन्म !