आज मध्यरात मा बुध कन्या राशिमा प्रवेश गर्दै, यी राशिको जीवनमा हुनेछ उथलपुथल !

ज्योतिष शास्त्रका अनुसार हरेक महिना कुनै न कुनै ग्रहको राशि परिवर्तन हुने गर्दछ, जसको प्रभाव १२ राशिमा पर्ने गर्दछ । जब कुनै ग्रहले राशि परिवर्तन गर्दछ तब केही राशिलाई शुभ प्रभाव पर्छ भने केही राशिलाई अशुभ प्रभाव पर्ने सक्छ । यस वर्षको भदौ महिना ४ गते आइतवार, कन्या राशिमा ग्रहहरूको राजकुमार बुधको प्रवेश मध्यरात ०१:५५ मा हुँदैछ। साथै, बुधको यो परिवर्तन यी ५ राशिका लागि भाग्यशाली मानिन्छ।

मेष राशि

 प्रेममा सुख मिल्नेछ। बुधको यो राशि परिवर्तनले  मेष राशिका व्यक्तिको सम्बन्धमा आत्मीयता ल्याउनेछ। जीवनमा धेरै क्षेत्रमा सफलता मिल्नेछ।

वृष राशि

कन्या राशिमा बुधको प्रवेशले वृष राशिका मानिसको धन समस्याको अन्त्य हुने विश्वास छ । वृष राशिका व्यक्तिहरुलाई स्वास्थ्यलाई प्राथमिकता दिन सल्लाह दिइन्छ।

मिथुन राशि

ज्योतिषशास्त्रका अनुसार बुधको राशि परिवर्तनले मिथुन राशिका लागि निकै लाभदायक मानिन्छ । आगामी दिनमा कार्यस्थलमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पारिवारिक जीवनमा पनि सकारात्मक परिणाम देखा पर्नेछ।

सिंह राशि

 बुध राशि परिवर्तनले सिंह राशिका व्यक्तिहरूको जीवनमा धेरै सफलता ल्याउनेछ। व्यापार व्यवसायमा वृद्धिसँगै आर्थिक स्थितिमा सुधार आउनेछ । सिंह राशिका नोकरी गर्नेहरुको तलब बढ्न सक्छ ।

धनु राशि

कार्यालयमा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। व्यवसायीले साझेदारीबाट लाभ कमाउन सक्नेछन् । आम्दानी पनि बढ्ने सम्भावना छ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक मान सम्मान मिल्नेछ ।

प्रकाशित : आइतबार, भदौ ०५, २०७९१२:४१

मङ्गल-बुध-बृहस्पतिको उथल-पुथल, ४ महिना भन्दा बढी यी राशिको चम्किँदै भाग्य !