मलाइका-अरबाजको विवाहमा यस्ता देखिन्थे अर्जुन कपूर, तस्बिर देखेर  छक्कपरे मानिसहरू !

एजेन्सी- मलाइका डा र अर्जुन कपुरको सम्बन्धको चर्चा अहिले जताततै छ । अहिलेको समयमा यी दुईका फ्यानहरूले यो जोडीको बारेमा हरेक जानकारी जान्न खोज्छन्। मानिसहरु दुवैको विवाह कहिले हुन्छ भनेर जान्न खोजिरहेका छन् । तर यो जोडीले अहिलेसम्म विवाहको घोषणा गरेका छैनन् । तर छिट्टै दुवैले विवाह बन्धनमा बाँधिन सक्ने फ्यानको अनुमान छ ।

मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् र उमेरको अन्तरका कारण हरेक दिन उनीहरू चर्चामा रहन्छिन् । तर के सबैलाई थाहा छैन होला मलाइकाको बिहेको समयमा अर्जुन कस्तो देखिन्थे ।

अरबाज मलाइकाको प्रेम चर्चा कुनै समय निकै सामान्य थियो, भनिन्छ, उनीहरू पहिलो भेटमै प्रेममा परेका थिए । यी दुईले करिब पाँच वर्ष प्रेम सम्बन्ध रहेपछि विवाह गरेका थिए । लामो समयको प्रेम सम्बन्धमा दुवैले विवाह गरेका हुन् । सन् १९९८ मा अरबाज र मलाइकाले हिन्दु र क्रिस्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए । तर के तपाईलाई थाहा छ यो विवाहमा अर्जुन कस्तो देखिएका थिए ?

२५ वर्षीया मलाइकाले विवाह गरिन् र चार वर्षपछि सन् २००२ मा छोरालाई जन्म दिइन् । करिब डेढ दशकसम्म दुवैको वैवाहिक जीवन निकै राम्रो चल्यो तर त्यसपछि दुबैबिच दूरी बढ्दै गएको र कुरा सम्बन्ध विच्छेदसम्म पुग्यो । फलस्वरूप सन् २०१७ मा दुवैले छुट्टिने निर्णय गरेका थिए ।

प्रकाशित : मङ्गलबार, भदौ ०७, २०७९०९:१७

प्रेममा धोका खाएर डिप्रेशनमा गएकी थिईन् नोरा, कयौं दिनसम्म रोएकी थिईन् धुरुधुरु !