प्रेममा धोका खाएर डिप्रेशनमा गएकी थिईन् नोरा, कयौं दिनसम्म रोएकी थिईन् धुरुधुरु !

एजेन्सी : बलिउडकी डान्सिङ क्वीन नोरा फतेही प्राय: कुनै न कुनै कारणमा चर्चामा आइरहन्छिन्। कहिले उनी आफ्नो फोटो त कहिले उनी डान्स आइटमको कारण चर्चाको केन्द्रबिन्दुमा हुन्छिन्। उनी प्राय: लाइमलाइटमा रहन बहाना खोजिरहन्छिन्। तर, यसपटक उनी समाचारमा आउनुको कारण उनको खुलासा हो, जसमा उनले प्रेममा धोका पाएपछि डिप्रेसनमा गएको स्वीकार गरेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नोरा फतेही एक समय बलिउड अभिनेता अंगद बेदीसँग रिलेशनशिपमा थिइन्। यद्यपि दुवैजनाले सम्बन्धको बारेमा अहिलेसम्म खुलस्त पारेका छैनन् तर उनीहरु दुई धेरैपटक सँगै देखिएका थिए। तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन र ब्रेकअप भयो। ब्रेकअपपछि नोरा आफ्नो काममा व्यस्त हुन् थालिन् भने अंगदले अभिनेत्री नेहा धुपियासँग घरजम गरे।

ब्रेकअपपछि आफू निकै विचलित भएको नोराले खुलाएकी छिन्। उनले एक टक शो ‘बाइ इनभाइट ओन्ली(By Invite Only)’ मा यसबारे खुलस्त बताएकी छिन्। नोराले यस च्याट शोमा अंगद वा आफ्ना पूर्वप्रेमीको नाम तोकेरै लिईनन्। तर उनले ब्रेकअपपछि लामो समयसम्म नराम्रो अवस्थाको सामना गर्नुपरेको कुरा स्वीकार गरिन्।

मिडिया रिपोर्टका अनुसार नोराले टक शोमा आफूले २ महिनासम्म डिप्रेसनसँग सङ्घर्ष गरेको सार्वजनिक गरिन्। नोराले भनिन् – ‘सबै केटीहरू जीवनमा कम्तिमा एक पटक ब्रेकअपबाट गुज्र्छन्। मेरो लागि यो अलि मुश्किल थियो। म भित्रभित्रै टुटेकी थिए। तर साँच्चै भन्नुपर्दा यो फिलिङले मलाई धेरै बदल्यो।’

टक शोमा नोराले डिप्रेसनबाट बच्न आफूले बढीभन्दा बढी काममा ध्यान दिन र व्यस्त रहन थालेको बताइन्। यद्यपि एक पटक अडिसनका क्रममा बेन्चमा बसेर एक्कासी रुन थालेको दर्दनाक पीडा सुनाईन्। यसबारे प्रष्ट पार्दै नोराले भनिन्, ‘मैले २०० देखि ३०० मानिसहरुको बीचमा अडिसन दिएँ र म जस्तै हजारौं प्रतिभाशाली मानिसहरु फिल्म इन्डस्ट्रीमा आफ्नो क्षमता प्रमाणित गर्न आतुर छन् भन्ने महसुस गरे।’

प्रकाशित : बिहिबार, असार ०७, २०८०१०:२३

अभिनेत्री निया शर्मा मलिबु बिचमा यति बोल्ड अवतारमा देखिएपछि…