बलिउडबाट अचानक गायब भए यी ७ एक्ट्रेस, गुमनामीमा बिताईरहेका छन् जीवन !

काठमाडौँ : – बलिउड उद्योगमा अभिनेताहरूको तुलनामा अभिनेत्रीको करियर धेरै छोटो हुन्छ। अभिनेताहरुले फ्लप फिल्म दिएरहे पनि या बिहे गरेर घरजम गरेपनि उनीहरुले कहीँ न कहीँ अवश्यै अवसर पाउँछन्। अभिनेत्रीको हकमा यस्तो हुँदैन। बलिउड इन्डस्ट्रीमा यस्ता धेरै अभिनेत्रीहरु छन्, जो लगातार फ्लप भए वा बिहेपछि इन्डस्ट्रीबाट टाढा रहे वा उनीहरुलाई इन्डस्ट्रीमा खोजीनीति गर्ने कोही भएनन्।

उर्मिला मातोन्डकरले ९० को दशकमा बलिउडमा राज गरिन्। रंगीला, जुदाई जस्ता धेरै सुपरहिट फिल्म दिईन्। तर अहिले उनी उद्योगबाट गायब भइसकेकी छिन्। उनी अहिले आफ्नो पतिसँग जिन्दगीको मज्जा लिईरहेकी छिन् र राजनीतिमा पनि सक्रिय छिन्।

आमिर खानसँग ‘लगान’ र सञ्जय दत्तसँग ‘मुन्ना भाइ एमबीबीएस’ जस्ता सुपरहिट फिल्म दिएकी ग्रेसी सिंह पनि उद्योगबाट गायब भइन्। यद्यपि उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छन्।

अमृता रावले ‘विवाह’ र ‘मै हूं ना’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी छिन्। उनको सादगीलाई मानिसहरुले निकै मन पराएका छन्। विवाहपछि उनी ठूलो पर्दाबाट गायब भइन् र आफ्नो आरजे श्रीमानसँग जीवनको आनन्द लिईरहेकी छिन्।

आयशा टाकियाले सलमान खानसँग ‘वान्टेड’ मा काम गरेकी थिइन्। उनले अजय देवगनसँग ‘टार्जनः द वन्डर कार’ मा पनि काम गरेकी थिईन्। उनलाई बलिउडकी सुन्दर नायिकामा गनिन्थ्यो। तर विवाहपछि उनले आफूलाई उद्योगबाट टाढा राखिन्।

‘मुसाफिर’, ‘इन्सान’, ‘अपना सपना मनी मनी’मा काम गरिसकेकी अभिनेत्री कोयना मित्रा पनि उद्योगबाट गायब छिन्। उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन्।

‘गजनी’, ‘हाउसफुल’, ‘लन्डन ड्रिम्स’ जस्ता फिल्ममा आफ्नो अभिनयले मानिसको मन जित्ने आसिन पनि बलिउडबाट छिट्टै गायब भइन्।

अमिषा पटेलको डेब्यू फिल्म ‘कहो ना प्यार है’ सुपरहिट भयो। त्यसपछि उनले ‘गदर : एक प्रेम कथा’ लगायत धेरै फिल्ममा काम गरिन्। तर उद्योगमा लामो समय टिक्न सकिनन्। उनी वर्षौंपछि ‘गदर २’ मार्फत कमब्याक गर्दैछिन्।

प्रकाशित : शनिबार, असार १६, २०८०१८:२७

अत्यन्तै राम्रा छन् भारतीय क्रिकेटर्सका छोरीहरु, सुन्दरतामा हिरोइन भन्दा छैनन् कम