जब रणबीर कपूरले सौरभ शुक्लालाई पिलाए यति महँगो रक्सी …

काठमाडौँ : – बलिउड अभिनेता रणवीर कपूर र सौरभ शुक्लाले धेरै फिल्ममा सँगै काम गरेका छन्। दुवैले बर्फी, जग्गा जासूस र शमशेरा जस्ता फिल्महरुमा सँगै काम गरेका छन्। हालै सौरभ शुक्लाले अनफिल्टर्ड बाइ सम्दिश शोमा रणबीर कपूरसँग सम्बन्धित एउटा मजेदार किस्सा शेयर गरेका छन्।

सौरभ शुक्लाले बताए कि ‘शमशेरा’ को सेटमा रणवीर कपुरले उनलाई ३० हजार भारु बराबरको रम(मदिरा) पिलाएका थिए। सौरभ शुक्लाले मदिरा पिउनुहुन्छ भनेर सोधेका थिए। जुन प्रश्नको जवाफमा उनले ओल्ड मंक र कोक मन पर्ने बताए। किनकी यो सस्तोसँगै जता पनि सहजै पाइन्छ।

यसपछि सौरभ शुक्लाले ‘शमशेरा’ को सुटिङका ​​क्रममा लेहमा रणवीर कपूरसँग महँगो रम पनि पिएको बताए। उनले भने, म रम पिउँथें, जसको एउटा बोतल ३० हजार रुपैयाँ पर्छ । त्यो मलाई रणवीर कपुरले दिएका थिए।

प्रकाशित : सोमबार, असार १८, २०८०२०:३६

२६ वर्षदेखि रोकिएको छ ऐश्वर्या रायको यो फिल्म, शू‍ट बीचैमा छोडेर भागेका थिए डायरेक्टर