२६ वर्षदेखि रोकिएको छ ऐश्वर्या रायको यो फिल्म, शू‍ट बीचैमा छोडेर भागेका थिए डायरेक्टर

एजेन्सी : मिस वर्ल्ड बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आफ्नो सौन्दर्यले मात्र होइन अभिनयले पनि मानिसको मन जितेकी छिन्। कलेज जीवनदेखि नै मोडलिङ सुरु गरेकी ऐश्वर्याले सन् १९९४ मा मिस वर्ल्डको ताज जितेर देशलाई गौरवान्वित पारिन्। त्यसपछि उनले चलचित्रको दुनियाँमा पाइला राखिन् र नाम कमाईन्। तमिल फिल्म ‘इरुवर’ बाट अभिनयमा डेब्यु गरेकी ऐश्वर्या रायले आफ्नो करियरमा ‘देवदास’, ‘हम दिल दे चुके सनम’ र ‘गुरु’ जस्ता धेरै लोकप्रिय फिल्महरूमा काम गरेकी छिन्। तर ऐश्वर्याले आफ्नो फिल्मी करियरमा यस्ता धेरै फिल्मलाई अस्वीकार पनि गरिन्, जुन पछि ब्लकबस्टर बनेका थिए। साथै केही यस्ता फिल्म साइन पनि गरेकी थिइन्, जुन बीचमै रोकिए।

त्यस्तै एउटा फिल्म थियो, जसको ऐश्वर्या रायले शूटिङ पनि गरिसकेकी थिईन्। तर यो फिल्मलाई लिएर यति हङ्गामा मच्चियो कि फिल्म बीचैमा रोकियो। यो फिल्म करिब २६ वर्ष अगाडी निर्माण भएको थियो। यो बलिउड फिल्मलाई शशिलाल नायरले निर्देशन गरेका थिए। यस फिल्मको नाम ‘हम पन्छी एक डाल के’ थियो।

यसमा ऐश्वर्या रायको अपोजिट सुनील शेट्टी थिए। त्यस्तै आशुतोष राणाको खुङ्खार भूमिका र अवतार थियो। ऐश्वर्या र सुनिल शेट्टीले आफ्नो फिल्मबाट धेरै आशा राखेका थिए। दुवैले धेरैजसो पार्टको शूटिङसमेत गरिसकेका थिए। त्यसपछि अचानक बीचैमा फिल्मको शूटिङ रोकियो।

फिल्ममा ऐश्वर्या राय ग्यारेजको मालिक्नी बनेकी थिईन्। त्यस्तै आशुतोष राणा आधा मानव र आधा ब्वाँसोको भूमिकामा थिए। उनको भूमिका निकै उग्र थियो र लुक पनि त्यस्तै डिजाइन गरिएको थियो। फिल्मको सुटिङका ​​धेरै तस्बिरहरु अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यो फिल्मको ८० प्रतिशत शूटिङ पूरा भईसकेको थियो। तर निर्देशक शशिलाल नायरले एक्कासी फिल्म बिचमा छाडे। कारण के थियो, अहिलेसम्म खुल्न सकेको छैन। भारतीय सञ्चारमाध्यमका अनुसार त्यसपछि सम्पूर्ण टोलीले शशिलाल नायरलाई मनाउन निकै प्रयास गरेका थिए।

आईएमडीबी(IMDB)का अनुसार ‘हम पन्छी एक डाल के’ को शूटिङ अमेरिकामा भएको थियो। फिल्मको सुटिङका ​​क्रममा एउटा खतरनाक दुर्घटना भएको थियो। वास्तवमा नदीको बीचमा एउटा दृश्यको सुटिङ चलिरहेको थियो, फिल्म क्रूको एक टिम र्याफ्टमा नदीको बीचमा गएका थिए, त्यति नै बेला अचानक क्यामेरा पानीमा खसेर डुब्यो। र्याफ्टको सन्तुलन पनि बिग्रेर क्रू मेम्बर्स धन्न बचे। क्यामेरा पानीमा डुबेर फिल्मका आधा फुटेज खराब पनि भयो। भारतीय मिडिया रिपोर्ट्स अनुसार शशिलाल नायरले बीचैमा फिल्म छोडेपछि प्रोड्यूसर राहुल गुप्ताले अर्को निर्देशक खोजीको प्रयास गरेका थिए। तर यो फिल्म निर्देशन गर्न कोही राजी भएनन्।

प्रकाशित : मङ्गलबार, असार १९, २०८००७:५५

अस्ट्रेलियाको उखरमाउलो गर्मी छल्न बिचमा पुगिन् स्वस्तिमा, देखाईन् हट अवतार