अस्ट्रेलियाको उखरमाउलो गर्मी छल्न बिचमा पुगिन् स्वस्तिमा, देखाईन् हट अवतार

काठमाडौँ : – नेपाली चलचित्र क्षेत्रको चर्चित जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का यतिबेला अस्ट्रेलियामा छन्। फिल्म ‘दिमाग खराब’ को प्रचारप्रसारको लागि अस्ट्रेलिया पुगेका यो जोडीलाई शोहरुमा पुग्न भ्याईनभ्याई छ। अस्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजित शोहरुमा सहभागी जनाउनुका साथै फुर्सद मिलाएर घुमघाम र रमाइलो पनि गरिरहेको देख्न सकिन्छ।

विशेषगरी अभिनेत्री स्वस्तिमा खड्का अस्ट्रेलियाको गर्मी छल्न समुन्द्री तटमा पुगेर रमाईरहेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा बिहिबार उनले सिड्नी बिचमा रमाइलो गरेको तस्बिर पोस्ट गरेकी छन्। जुन तस्बिरमा उनी बिकिनी अवतारमा देखिएकी छिन्। जसमा उनले आफ्नो लोभलाग्दो जिउडाल प्रदर्शन गरेकी छिन्। सेतो र हरियो रङ्गको स्ट्राइप्सको स्विमसुटमा स्वस्तिमालाई निकै हट देखिएको छ।

अहिले अस्ट्रेलियामा खपिनसक्नु गर्मी बढिरहेको छ। गर्मी छल्न उनी समुन्द्री तटमा पुगेका हुन्।

नेपालमा उल्लेखनीय सफलता हासिल गरेको ‘दिमाग खराब’ ले अस्ट्रेलियामा पनि राम्रो प्रतिक्रिया पाईरहेको छ। यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले महत्वपूर्ण गृहिणीको भूमिका निभाएकी छिन्। ‘भष्मे डन’ रिलिज भएक केही समयपछि रिलिज भएको ‘दिमाग खराब’ ले स्वस्तिमाको व्यस्तता झन् बढाएको छ। व्यस्तताको बाबजूद उनी फुर्सद निकालेर समुन्द्री तटमा रमाउन पुगेकी हुन्।

प्रकाशित : शुक्रबार, मङि्सर २९, २०८०१५:५३

एक्सनले भरिपूर्ण छ प्रभासको फिल्म ‘सलार’ को दोस्रो ट्रेलर (हेर्नुस् ट्रेलर)