एक्सनले भरिपूर्ण छ प्रभासको फिल्म ‘सलार’ को दोस्रो ट्रेलर (हेर्नुस् ट्रेलर)

एजेन्सी : दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सलार को दोस्रो ट्रेलर रिलिज गरिएको छ। केही साता अघिमात्र यो फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो, जसलाई दर्शकले अत्यधिक मन पराएका थिए।

फिल्म रिलिज हुनु चार दिन अघि दर्शकको उत्साह कायम राख्न निर्माताले यस्तो कदम चालेका अनुमान गर्न सकिन्छ।

यस फिल्ममा प्रभासलाई एक्सन अवतारमा हेर्न फ्यानहरु निकै उत्साहित छन्।

२ मिनेट ५३ सेकेन्डको ट्रेलरमा श्रुति हसन र जगपति बाबुको झलक पनि देख्न सकिन्छ। आदिपुरुष पछि प्रभास यस फिल्मबाट इन्डस्ट्रीमा बलियो कमब्याक गर्ने प्रयासमा छन्। यसका लागि निर्माताहरुले पनि कुनै कसर बाँकी छाडेका छैनन्।

सलारले पर्दामा डङ्कीसँग प्रतिस्पर्धा गर्दैछ। शाहरुख खानको यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । दुवै दिग्गजले एउटै प्रोजेक्टमा सँगै काम गरेको यो पहिलो पटक हो । प्रभासको फिल्मको एक दिन अगाडि अर्थात् २१ डिसेम्बरमा डङ्की सिनेमाघरमा रिलिज हुँदैछ ।

ट्रेलर : –

प्रकाशित : सोमबार, पुष ०२, २०८०२०:४७

शाहरुखको ‘डँकी’ को लागि तगडा अग्रिम बुकिङ, पहिलो दिन नै ४० करोड उठ्ने अनुमान