४ हजार घण्टामा तयार पारिएको थियो कियाराको यो गोल्डन लेहँगा, यस्ता छन् विशेषता

काठमाडौँ : नवविवाहित दुलही बलिउड अभिनेत्री कियारा आडवाणीले हालै आफ्नो सङ्गीत लुक फ्यानहरुमाझ शेयर गरेकी थिईन्। जसमा उनले गोल्डेन लेहँगा लगाएकी थिईन्। के तपाईलाई छ यो बनाउन कति घण्टा लागेको थियो ?

बलिउडको लभ बर्ड सिड-कियारा अहिले आफ्नो वैवाहिक जीवनको भरपूर आनन्द लिईरहेका छन्। यसैबीच कियाराको सङ्गीत लुकले सामाजिक सञ्जालमा निकै चर्चा पाईरहेको छ।

कियाराले आफ्नो सङ्गीत सेरेमोनीमा चमकदार गोल्डेन कलरको हेभी लेहँगा लगाएकी थिईन्, जसमा उनी निकै सुन्दर देखिएकी थिईन्।

उनको यो लेहँगा प्रसिद्ध भारतीय फेशन डिजाइनर मनिष मल्होत्राले डिजाइन गरेका थिए। यसबारे जानकारी दिँदै उनले तयार गर्न चार हजार घण्टा लागेको बताए।

साथै लेहँगालाई सुन्दर बनाउन ९८ हजार स्पार्कलिङ स्वारोवस्की क्रिस्टल लगाईएको थियो।

उनले आफ्नो यो लुक रुबी पेन्डेन्ट, डायमण्ड रिङ्ग र गलामा डायमण्ड रिङ्गले पूरा गरेकी थिईन्।

प्रकाशित : सोमबार, असार १८, २०८०१५:४२

जब रणबीर कपूरले सौरभ शुक्लालाई पिलाए यति महँगो रक्सी …