काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुको जीवनशैलीको सम्बन्धमा अनुसन्धान गर्न आफू तयार रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्दै ओलीले यस्तो बताएका हुन्।
नेताहरुको जीवनशैली एकदमै विलासी भएको भन्दै जनस्तरबाट टिप्पणी हुने गरेको भन्दै ओलीले छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन आफू तयार रहेको बताएका छन्। त्यस सम्बन्धमा आफू तयार रहेपनि प्रचण्ड तयार छन् कि छैनन् भन्ने ओलीको प्रश्न छ।
“नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?”,ओलीले प्रतिवेदन मार्फत प्रचण्डलाई प्रश्न गरेका छन्।
प्रचण्डलाई च्यालेन्ज – ‘महाधिवेशनमा भिड्ने भए तयार छु, हिम्मत छ?’
“कमरेड ! आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्नु पर्ने लज्जास्पद अवस्थामा पुग्नु भएको बिर्सनुभयो?”