चीनले भन्यो – ‘नेपालका केहि पत्रकार र राजनीतिक नेता भारतसँग बिके’

एजेन्सी – चीनले नेपालसँग कुनै पनि प्रकारको सीमा विवाद नरहेको पुनः दावी गरेको छ। चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ले एक लेख प्रकाशित गर्दै चीन र नेपाल बीच कुनै प्रकारको सीमा विवाद नरहेको दावी गरेको हो।

ग्लोबल टाइम्सले चीन विरुद्ध नेपालमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र पश्चिमा तथा भारतीय सञ्चारमाध्यम लागि परेको आरोप लगाएको छ। नेपालको हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाउन र प्रोपोगाण्डा मच्चाउन नेपाली कांग्रेसका साथ-साथै उसका नेताहरु लागिपरेको ग्लोबल टाइम्सको आरोप छ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीको नाम नै उल्लेख गरेर ग्लोबल टाइम्सले चीन विरोधी गतिविधिको नेतृत्व शाहीले नै गरिरहेको भनेको छ।

शाही सहितको टोलिले नेपाल-चीन सीमाको भ्रमण गरेपछि भारत तथा पश्चिमा सञ्चारमाध्यमहरुमा गोप्य नेपाली श्रोतको हवाला दिँदै अनेक प्रोपोगाण्डा मच्चाइरहेको ग्लोबल टाइम्सले उक्त लेखमा उल्लेख गरेको छ।

काठमाडौँका एक स्थानीयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले पश्चिमा देशको राजनीतिक स्वार्थमा गैरसरकारी संस्थाहरु समेत सक्रिय रहेको र केहि पत्रकार तथा राजीनितिक नेताहरु भारतको एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएको छ।

यस भन्दा अगाडी पनि ग्लोबल टाइम्सले नेपालसंग चीनको कुनै पनि सीमा विवाद नरहेको र सीमा नमिचेको दावी गरेको थियो भने नेपाली कांग्रेसलाई प्रो-इन्डियन पार्टी भनेको थियो।

चीनले भन्यो – ‘नेपालको सीमा मिचेका छैनौँ, प्रो-इन्डियन पार्टी कांग्रेस त्यतिकै उचालिएको हो’

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१०:३८

बाबुरामलाई कमल थापाले क्रान्तिको मालिक तपाईहरु होइन विदेशी शक्ति हो भनेपछि …