एजेन्सी – संकटग्रस्त क्याटलान क्लब बार्सिलोना पुगेका जाभी हर्नान्डेजका अगाडी चुनौती नै चुनौती छ। लगातार कम्जोर प्रदर्शन गरिरहेको क्लबलाई सफलता तर्फ डोर्याउन उनले क्लबमा कयौं रणनीतिक परिवर्तन गर्नुपर्नेछ।
क्लबका पूर्व खेलाडी समेत रहेका उनले प्रशिक्षण थालिसकेका छन्। जाभीको पहिलो प्रशिक्षणका क्रममा बार्सिलोनाका लगभग सबै खेलाडी सहभागी भए। प्रशिक्षणमा बार्सिलोनाका घाइते खेलाडीहरु समेत सहभागी भएको स्पेनिस मिडिया मार्काले जनाएको छ।
मार्काले जनाएअनुसार जाभीको पहिलो प्रशिक्षणमा जेरार्ड पिके, मार्टिन ब्रेथवेट, एरिक गार्सिया, अन्सु फाती र ओस्मान डेम्बेले जस्ता घाइते खेलाडी सहभागी भएका थिए।
प्रशिक्षणका क्रममा जाभीले सबै खेलाडीहरुलाई सकारात्मक भएर अगाडी बढ्न सुझाव दिएका थिए। खेलाडीहरुले आफैंलाई विश्वास गरेर राम्रो फुटबल खेल्नुपर्ने जाभीको भनाई थियो।
“सबैले आफूमा विश्वास गर्नुपर्छ। सेल्टा भिगोको बिरूद्धको खेलमा जे भयो त्यो हुन हुँदैन। पहिलो हाफमा ३-० को अगाडी भएर खेल सकिँदा खेल बराबरीमा जानु हुँदैन। त्यसैले खेलभर सतर्कं रहनुस्, आफैंमा विश्वास राख्नुस्।”,जाभीले भनेका थिए।
खेलाडीहरुलाई सम्बोधन गर्नेक्रममा उनले बार्सिलोनाको खेलाडी हुन पाउनु नै गर्वको कुरा रहेको बताए। उनले भने,”बार्सिलोनाको खेलाडी हुन पाउनु नै गर्वको कुरा हो। यो टोलीले सधैं प्रतिस्पर्धा गर्नुपर्छ। “
जाभीको आगमनसँगै यी तीन खेलाडीको भविष्य धरापमा, बार्सिलोनाबाट आउट !