रियल फर्किन रोनाल्डोको एक मात्र सर्त !

एजेन्सी – स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पछिल्लो समय युभेन्टसमा सन्तुष्ट नरहेको बताउन थालिएको छ। पछिल्लो समय उनी रियल म्याड्रिड फर्किने चर्चा पनि चलिरहेको छ।

युभेन्टस युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएसँगै आलोचित भएपश्चात रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको धेरैले अनुमान गरेका छन्।

पछिल्लो एक रिपोर्टका अनुसार रोनाल्डो एक सर्तमा मात्रै रियल म्याड्रिड फर्किनेछन्। रियलको प्रशिक्षकका रुपमा जिनेदिन जिदान भएमात्र रियल फर्किने रोनाल्डोको सर्त रहेको बताइन्छ।

के रोनाल्डो रियल फर्किनै लागेका हुन् ? के भन्छन् जिदान ?

रोनाल्डो रियल फर्किने चर्चा चलिरहेका बेला जिदानले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सान्टियोगो बर्नाबेउ फर्कने सक्ने सम्भावना रहेको सङ्केत गरेका छन् । केहि मिडियामा अन्तर्वार्ता दिनेक्रममा जिदानले रोनाल्डो रियल फर्किन सक्ने सङ्केत गरेका हुन्।

केहि दिन अगाडी मात्रै उनले रोनाल्डो रियल फर्किने हल्लाहरू साँचो हुन सक्ने बताएका थिए। उनले भनेका थिए,”रोनाल्डो रियल फर्किने हल्लाहरू साँचो पनि हुन्छन् ? पक्कै पनि यस्तो हुनसक्छ । हामी रोनाल्डोलाई चिन्छौं, हामीलाई राम्ररी थाहा छ कि उनले रोनाल्डोका लागि कतिसम्म गरेका छन्।”

युभेन्टस आफ्नो स्तरको क्लब नरहेको रोनाल्डोको बुझाइ, रियलमा फर्किने चर्चा !

मोड्रिच भन्छन् – “उमेरले ३५ वर्ष भएँ, तर २७ मात्रै छु जस्तो महसुस हुन्छ”

मोड्रिचको प्रदर्शनले दंग जिदान !

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१४:३९

मेस्सीलाई बार्सिलोनामै अड्याउन लापोर्टाले जे पनि गर्ने, आजीवन सम्झौताको योजना !